images
images

नेप्से परिसूचक ३१.३१ अंकले गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो।

बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ। नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ। बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधवारको तुलनामा बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। नेप्से परिसूचका बिहीवार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.८६ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS