काठमाण्डौ । उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको। चुनाव हुने पालिकामा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । नगरपालिकाको मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपचुनाव हुन लागेको हो । उपचुनावमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी भूल निर्विरिोध निर्वाचित भएका छन् ।
यस्तै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओबादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । मतदान सकिएर सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य शुरु हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ ।