images
images

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १०४ रनको लक्ष्य दिएको छ। टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो। काठमाडौंका लागि भीम सार्की ३१, डान डौथवेट २१ ,प्रतिक श्रेष्ठ २०, स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी, जेराड इरासमस एक, रसिद खान, माइकल लेभिट शून्य आउट भए।

लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई, विवेक यादव र सुर्य तामाङले समान एक एक विकेट लिए। करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS