images
images

आर्मीलाई स्तब्ध बनाउँदै पुलिस बन्यो जय ट्रफी कपको च्याम्पियन 

काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो।
पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। सागरले ६ र ललितले ४ विकेट लिएका छन्।
आर्मीले जितका लागि १०३ रनको मामुली लक्ष्य पाएको थियो। तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो। आर्मी २९.२ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो। चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन्। ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए। कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११/११ रन बनाएर आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका कप्तान आरिफ शेखले सुरूदेखि अन्तिमसम्म सागर र ललितलाई मात्रै बलिङ गराए। प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका कुशल भुर्तेलले एक बल पनि फ्याँक्न पाएनन्।
लगातार १५ ओभर बलिङ गरेका ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४.२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए। सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए।
पुलिसले दोस्रो पारीमा १ सय ३९ रन बनाएको थियो । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलीप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ५५ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाएको थियो ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS