images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य (सूचीसहित)

काठमाडौं पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।अब काठमाडौं उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।