images

अब मलाई सहकारी ठग भन्न मिल्दैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका छन् ।

एमाले सांसद सुर्य थापाको नेतृत्वको छानबिन समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ । उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताएका छन् ।

पार्टीको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गरेका लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले सामाजिक संजालमा पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले लेखेको धारणाको प्रशंसा गरेका छन् । उनले रास्वपा नसकिएको भन्दै रास्वपाले सक्काउने खेलमा नलाग्न चेतावनी समेत दिएका छन् ।