images

अमेरिका जानुअघि भदौ ३१ गते संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे उनले अग्रीम रुपमा संसदलाई जानकारी गराउन लागेका हुन् ।