images

आहारपूरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्‍यो सरकारको ध्यानाकर्षण 

वीरगन्ज । नेपाल आहारपूरक सौन्दर्यवद्र्धक सङ्घ (एनएनसीए)ले प्रदेश समितिहरूको गठन सुरु गरेको छ।
मधेस प्रदेशमा हालै प्रदेश समिति गठन गरेर आहारपूरक औषधि भिटामिन, क्याल्सियम, आइरन लगायत स्वास्थ्यका लागि कति आवश्यक छ भन्ने बहस पनि चलाएको छ।  वीरगन्जमा प्रदेश समिति गठनको कार्यक्रममा अध्यक्ष विप्लव रञ्जितले आयातमा देखा परेको समस्या तथा बिक्रीमा असहज उत्पन्नबारे सरोकारवालाको ध्यानाकर्षण गराएको जानकारी दिए ।
शनि द्वीवेदीको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा पप्पु चौरसिया, उपाध्यक्षमा रामबाबु यादव, महासचिव रामबाबु यादव, कोषाध्यक्ष भुपेन्द्र विक्रम साह चयन भएका छन् । त्यस्तै सह कोषाध्यक्ष अशोक राई रहेका छन्। एनएनसीएले अन्य प्रदेशमा पनि समिति गठन गर्ने तयारी थालेको छ।
एनएनसीएले मानिसको शरीरलाई आवश्यक भिटामिन, क्याल्सियम, आइरन लगायतका आहारपूरक चिकित्सककै सल्लाहमा सेवन गर्नुपर्ने भएकाले फार्मेसी भन्दा बाहिर बेच्न सकिँदैन तर औषधि व्यवस्था विभागले भने खाद्य विभागमा दर्ता हुने भएको भन्दै फार्मेसीमा बेच्न नदिन दबाब दिँदै आएको छ ।
यस्तै एनएनसीएले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरूलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ ।