काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले इलामको माटो र बासिन्दाको सेवा गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार बिहान इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविस्थित मतदान केन्द्रमा भोट गरेपश्चात लिम्बुले सो प्रतिक्रिया दिएका हुन् ।
नले भने, ‘आशा छ, जनताले दिएको यो मतले यहाँका माटो र जनताको घरमा सेवा गर्ने मौका मिल्नेछ।’
उनले पहिलोपटक आफूले आफैँलाई भोट हाल्न पाउँदा रोमाञ्चक अनुभूति भएको बताएका छन्।
जनताले परिवर्तनको नयाँ समय माग गरेको अनुभव गरेको बताउँदै लिम्बुले यो यात्रा सुशासन र समृद्दिको कोसेढुंगा साबित हुने जिकिर गरेका छन् ।


स्पेस समाचार







