
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्ने तयारी भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले उक्त बैठकको सम्पूर्ण तयारी गर्नका लागि गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेसको बुधवार बिहान बसेको पूर्व पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकले बैठकले उपसभामुखबारे साझा धारणा बनाउने निर्णय गरेको थियो ।
कांग्रेस नेताहरुका अनुसार गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गरेर बैठक बसाउने जिम्मेवारी पाएका हुन् ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग छलफल गरेर बैठक तय गरेपछि कांग्रेसले संसदीय दलको बैठक बसेर उपसभामुख बारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।