images

एमाले संसदीय दलको बैठक बस्दै 

काठमाडौं–सत्तारुढ दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ ।
बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मध्याह्न साढे १२ बजे संसदीय दलको बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौैलाले जानकारी दिए।
बैठकमा  समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो समय भइरहेको संसद् अवरोधका बारेमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बन्नु पर्ने भन्दै माग गर्दै सदन अवरोध गरिरहेको छ । मङ्गलवार सरकारको नीति तथा कार्यक्रम पश्चात् कांग्रेसले पुनः संसद् अवरुद्ध पारेको थियो ।
जसका कारण राष्ट्रपति रामचन्द्र पौडेललाई समेत धन्यवाद ज्ञापन गर्न नपाएको भन्दै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको थियो ।