images
images

मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले हुन्ः अध्यक्ष लिङदेन

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण काँग्रेस र एमाले भएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताएका हुन्। उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुई तिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताए । उनले काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए । उनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए।

उनले भने,‘अहिले मुलुकमा स्थिरता नहुनु,समावेशी,समानुपातिकमा साना दलहरू होइनन् । दुई दलहरूको क्रियाकलाप मुख्य हुन् । साना दलहरूलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ । साना लोभ देखाएर फाउँदैसँगै बसाउनु हुन्छ । चलखेल तपाईँहरू गर्नुहुन्छ । गणितले मात्रै काम गर्ने भएको भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुई तिहाइ मत ल्याएको होइन । किन पाँच वर्ष सरकार चलेन । काँग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन । साना दल र समानुपातिक समस्या होइन । काँग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो । संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन् । निर्वाचन,नियुक्ति प्रणालीमा सुधार गर्नु छ । न्यायालयमा कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुँदैन ।’

उनले न्यायालयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS