images

‘ए’ डिभिजन लिगका आजका पहिलो खेल सुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजका खेलहरु सुरु भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा भइरहेको छ ।

संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा रहेको छ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै रंगशाला सुरु प्रतियोगितामा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब मैदान उत्रिएका छन् ।

जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।