images

‘ए’ डिभिजन लिगमा जावलाखेलको तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले तेस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो ।

जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ। थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ।