images

कपिलवस्तुमा २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति बन्ने

काठमाडौं । कपिलवस्तुमा २ सय ४५ मिटर अग्लो बुद्ध मूर्ति बन्ने भएको छ ।

बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय बौद्ध सेन्टरका प्रमुखका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति स्थापनाको काम गर्न पाउँदा आफूलाई खुशी लागेको सेन्टरका प्रमुख गौतमले बताए ।

त्यस्तै नगरपालिका प्रमुख पौडेलले विश्वको सबै भन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको र यसबाट पर्यटन विकासमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे ।

मूर्ति र पार्क निर्माणका लागि ३० अर्ब रुपैयाँ भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।