काठमाडौं । कर्णाली प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेको माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन्।
मन्त्रीहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्री रहेका महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले पदबाट राजीनामा दिएका हुन्।
केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए।
मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए । यसअघि नै बिनाविभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए।


स्पेस समाचार







