images

कस्तो रह्यो साताको सेयर बजार (भिडियोसहित)

काठमाडौं   यो साता सेयर बजार परिसूचक ७१ दशमलव ३० अंकले बढेको छ । चार दिन कारोबार भएको यो सातामा सबै दिन नेप्से परिसूचक सकारात्मक हुँदा बजार परिसूचक २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको हो । अघिल्लो साता बिहीबार अन्तिम कारोबार हुँदा बजार परिसूचक २ हजार ७ सय ४३ दशमलव ७४ अंकमा बन्द भएको थियो । यो साता आइतबार बजार परिसूचक ११.६६ अंकले बढेको थियो । उक्त दिन ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो दिन १ लाख ७ हजार वटा कारोबार हुँदा १ करोड ३४ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको थियो । त्यस्तै, सोमबार बजार परिसूचकमा झिनो वृद्धि देखिएको थियो । ३.३५ अंकले बजारमा यो दिन १० अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेको तथ्याङ्क छ । यो दिन १ लाख १ हजार पटक कारोबार हुँदा कुल १ करोड ८७ लाख कित्ता सेयरको कारोबार भएको थियो ।

मंगलबार बजार परिसूचक ७.१३ अंकले बढेको थियो । यो दिन कारोबार रकम घटेर ९ अर्ब ६१ करोडमा सीमित भएको थियो । उक्त दिन ९५ हजार कारोबारमा करिब ९६ लाख १० हजार कित्ता सेयर किनबेच भएको थियो ।  मंगलबार साँझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्‍यो । उक्त समीक्षाले खासगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित असल कर्जाको प्रोभिजनिङलाई ० दशमलव १० प्रतिशत विन्दुले घटाएर १ प्रतिशतमा झारेको थियो । मौद्रिक नीतिको यो व्यवस्थापछि बिहीबार खुलेको सेयर बजार एकै दिन ४९ दशमलव १५ अंकले बढेको बढ्यो । योसँगै बजार परिसूचक अहिलेको अवस्थामा पुगेको हो । बजारको यो सूचक गत वर्ष भदौ १० गते २ हजार ८ सय ९४ दशमलव ५७ विन्दुमा थियो । उक्त दिन बजार परिसूचक एकै दिन १११ दशमलव ९६ अंकले घटेपछि अहिलेको विन्दुभन्दा माथि जान सकेको थिएन ।

मौद्रिक नीतिको धक्काले बजारलाई ६ महिना अघिको अवस्थामा पुर्‍याइदिएको हो । त्यसो त, बजार परिसूचक विगत दुई सातादेखि निरन्तर बढ्दै आएको देखिन्छ । अघिल्लो साता पनि चार दिन कारोबार हुँदा समग्र बजार परिसूचक ६५ दशमलव २७ विन्दुले बढेको थियो । यो साता ३७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता परिसूचक र कारोबार दुवैमा वृद्धि देखिएको हो । यो साता बजारमा मूल्य बढ्ने भन्दा घट्ने कम्पनी हाबी देखिएको छ । बिहीबार बाहेक अरू सबै दिन बजारमा बढ्ने भन्दा घट्ने कम्पनको संख्या बढी थियो ।

बुधबार बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको थियो । मंगलबार ९२ कम्पनीको मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको देखिन्छ । त्यस्तै सोमबार ९२ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको देखिन्छ । आइतबार पनि ९१ कम्पनीको मात्रै मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको देखिन्छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढ्नुमा पुनर्बीमा कम्पनी प्रभाव मुख्य कारण देखिएको छ । १३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनी र १० अर्ब ७१ करोड रुपैयाँको चुक्ता पुँजी भएका कम्पनीको वृद्धिका कारण समग्र बजार माथि उक्लिएको हो ।

दुई साताअघि ८४४ रुपैयाँ रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य अहिले १०२९ रुपैयाँ पुगेको छ । त्यस्तै, दुई साता अघि नै अहिले १३२१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष माघमा नै बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक वर्षभित्र २० अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । यो अवधि घर्किसकेको अवस्थामा ती कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने दबाब छ । मर्जरको सम्भावना नभएका ती कम्पनीहरूले ठुलो मात्रामा हकप्रद ल्याउनुपर्ने अवस्था रहेकोले यी कम्पनीको मूल्य बढेको हुनसक्ने सेयर बजार विश्लेषक बताउँछन् । नेपाल राष्ट्र बैंकको आगामी नेतृत्व कस्तो आउँछ भन्ने विषयले बजारलाई कता लैजाने भन्ने सङ्केत गर्ने छ । नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदै छ ।