images

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी नवनिर्वाचित राष्ट्रपति पौडेलले दिए राजीनामा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको चार दिनपछि राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राष्ट्रपति पौडेलले पार्टी सदस्यबाट अलग भएको लिखित जानकारी केन्द्रीय कार्यालयमा पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित भएको व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था संविधानमा छ । सोही व्यवस्था अनुसार पौडेल कांग्रेसको सदस्यबाट अलग्गिएका हुन् ।

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।