images

कांग्रेसलाई रास्वपाको काउन्टरः २०४७ यताका सबै उच्च पदस्थमाथि छानबिन गरौँ

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग गरेपछि रास्वपाले काउन्टर माग अघि सारेको छ ।

मंगलबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न माग गरेको हो । २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने रास्वपाको माग छ ।

बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष पनि निकालेको छ । हल्लाकै आधारमा संसदीय छानबिन समिति गठन गर्नु न्यायोचित नहुने रास्वपाको तर्क छ ।