images

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।

नेता भण्डारीको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै कांग्रेस नेता योगराज कँडेलले भण्ठारीको स्वास्थ्य अवस्थामा सुधार देखिएको जानकारी दिए

नेता कँडेलका अनुसार सांसद भण्डारीलाई सोमबार भेन्टिलेटर निकाल्ने योजना रहेको छ । साथै मुख र हातको जलेका भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकाले हाललाई तुरुन्तै अर्को सर्जरी नगर्ने चिकित्सकले जनाएको पनि कँडेलले जानकारी दिए ।

ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।