images

काठमाडौंको फोहोर व्यवस्थापन गर्न भारतीय विज्ञ टोली बोलाइयो, पुनः प्रयोगको योजना

काठमाडौं । फोहोर व्यवस्थापन काठमाडौं उपत्यकाको सधैँको टाउको दुखाइको विषय बनेको छ । तपाथी यो समस्या अझै सल्टिन सकेको छैन । पछिल्लो पटक भने काठमाडौं महानगरले भारतीय विज्ञ टोली नै बोलाएर फोहोर व्यवस्थापनको प्रयास गरिरहेको छ । फोहोरलाई स्रोतमै छुट्यार पुनःप्रयोग गर्ने महानगरको योजना छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह निर्वाचित भए लगत्तै काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिस डोल क्षेत्र पुगेका थिए । उनले फोहोरको समस्या समाधान नभएसम्म खादा माला नै न लगाउने बताएका थिए । यसका लागि उनले स्थानीयदेखि सङ्घीय सरकारसँग पटक पटक छलफल पनि गरे ।

सङ्घीय सरकारले साथ नदिएको भन्दै रुष्ट बनेका शाहले अहिले भारतबाट विज्ञ टोली बोलाएर फोहोर व्यवस्थापनको योजना बनाइरहेको छन् । केही वडामा त फोहोरलाई स्रोतमै छुट्टाउन थालिएको छ । महानगरले वडा नम्बर ६, ७, ८, ११, १४ र १६ सङ्कलन केन्द्र बनाएर कुहिने, नकुहिने, पुनः प्रयोग गर्न मिल्ने लगायतका फोहोर वर्गीकरण गरेर ल्यान्डफिल साइटमा लैजान थालिएको हो । साथै भारतीय विज्ञ टोलीले पनि घरायसी फोहोर व्यवस्थापनमा काम गरिहरेको छ ।

हाल महानगरपालिकाको फोहोर, सिस डोल, बन्चरे डाँडा, गोकर्ण लगायतका क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ । महानगरपालिकाबाट प्रतिदिन सात सय टन फोहोर सङ्कलन हुँदै आएको छ ।

उत्पादित फोहोर मध्ये प्लास्टिकजन्य फोहोर मात्रै ४० प्रतिशत रहेको छ । फोहोर फ्याँक्ने मात्र नभई त्यसलाई पुनः प्रयोग गर्ने योजनामा महानगरपालिका छ ।