images

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रर्दशन, वार्ताको नाममा नाटक गरेको आरोप

काठमाडौं–काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

आईतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । महानगरले वार्ताको नाममा नाटकमात्रै गरेको उनीहरुको अरोप छ ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर्, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद जस्ता नारा लगाएका थिए । फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप उनीहरुको छ।

महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ।