
काठमाडौं । कोरोना संक्रमितको संख्या शनिबार शून्य रहेको छ ।
गत २४ घण्टामा ३ सय ३३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार ३ जना कोरना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।