images

क्यानडामा ५० वर्ष यताकै ठूलो वर्षा, तीन महिनामा पर्ने पानी २४ घण्टामै पर्‍यो

एजेन्सी । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागले जनाएको छ ।

सरकारले जोखिमपूर्ण अवस्था रहेको भन्दै सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।

नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका बीबीसीले जनाएको छ ।

झण्डै ८० हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । यस वर्ष भारी वर्षा, औसत तापक्रम, समुद्रको तापमान लगायतका मौसमजन्य गतिविधिहरुमा एकैपटक नयाँ किर्तिमानीहरु बन्न थालेका छन् ।

यो विश्वकै लागि चुनौतीको विषय भएको वैज्ञानिकहरुको भनाइ छ ।