images

गणतन्त्र विरोधीलाई निस्तेज पार्न संविधानलाई क्रियाशिल बनाउनु पर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जनताबाट स्थापित व्यवस्थालाई कमजोर बनाउन खोजिएको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संघीय गणतन्त्र बिरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको महासमिति बैठकबाट अहिले राजनीतिमा देखिएको तरलता अन्त्य गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।