images

गर्भनर अधिकारी विरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीविरुद्ध विरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

गर्भनर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिट निवेदनमाथि शुक्रबार सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । इजलासले विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेशसमेत दिएको छ ।

महाप्रसाद अधिकारीलाई सरकारले २४ चैत, २०७६ मा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरको योग्यता सम्बन्धी व्यवस्था छ ।

उक्त दफामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ । भारतमा चार्टर्ड एकाउन्टेण्ड पढेर आएका अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेको रिट निवेदनमा जिकिर गरिएको थियो।