काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य तोकेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले गहुँको समर्थन मूल्य कायम गरेर स्वीकृतिका लागि पठाएकामा बिहीबारको मन्त्रिपरिषद्ले मूल्य तोकेको हो।
सरकारले यो वर्षका लागि गहुँको प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ।
गहुँको प्रतिकेजी मूल्य न्यूनतम ३३.५१ रुपैयाँ कायम हुनेछ। सरकारले गहुँको समर्थन मूल्य तोक्न ढिलाइ गर्दा किसानको उत्पादनले लागतअनुसार बजार पाउन सकिरहेको छैन।


स्पेस समाचार







