images

गौशाला-२६ को फोटो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं–क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्धाको पीडित किशोरीको फोटो सार्वजनिक गर्ने एक व्यक्ती पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत् पीडित किशोरीको तस्विर सार्वजनिक गरेका थिए ।

त्यसबारे पीडित किशोरीको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर व्यूरोले राईलाई चिचिलाबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए ।

लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।