
काठमाडौं । ग्रीसका टेनिस स्टार स्टेफानोस सित्सिपास पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान बनाएका हुन् ।
तेस्रो वरीयताका सित्सिपासले रुसी खेलाडीमाथि ७-६(७-२), ६-४, ६-७(६-८) र ६-३ को जित निकाले ।
सित्सिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।
अब सित्सिपासले उपाधिका लागि नोभाक जोकोभिच र टोमी पाउलबीचको विजेतासँग खेल्ने छन् ।