![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/01/adobestock-333039083-e1653147797451.jpeg?fit=1420%2C960)
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३२ जनाको नमूना परीक्षण गरिएको थियो ।
२२८ जनाको पीसीआर र ४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर १९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।