images

जिल्ला प्रशासन काठमाडौंले भन्यो, दुर्गा प्रसाईंलाई तिनकुनेमा प्रदर्शन गर्ने अनुमती छैन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तिनकुनेमा प्रर्दशन गर्न अनुमती नभएको बताएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्याले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएका हुन।

प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार बल्खुमा अराजकता उत्पन्न गराएको प्रति ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न नदिने जनाएको हो।

प्रसाईंले शुक्रबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्ने जनाएका थिए।