images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुँवर समेत १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।