
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताएका छन्।
मंगलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरूले प्रमाणित गरिरहेको बताए। उनले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए।
जेन जीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्ने बताए। यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने बताए। यो अनुसन्धान कसैलाई तत्कालीक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। देशमा सबै महत्वपूर्ण अंगहरूको मनोबल गिरेको अवस्था रहेको बताए।
सभापति देउवाले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गनुपर्ने र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान गरेका छन् ।