काठमाडौं–टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीबार नेपाली टोली नेपाल फर्किएको हो । अमेरिका र वेष्टइडिजमा भएको टी २० विश्वकपमा सहभागी भएको नेपाली क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको थियो । नेपालले १० वर्षपछि विश्वकपमा सहभागिता जनाएको थियो । नेपाल विश्वकपको समूह डी मा परेको थियो । समूह डी मा नेपाल र नेदरल्यान्ड एसोसिएट टोली थिए भने बङ्गलादेश दक्षिण अफ्रिका र श्रीलङ्का टेस्ट खेल्ने टोली थिए । समूह डिको ग्रुपमा नेपाल सबैभन्दा कमजोर टोलीको रूपमा रहेको छ ।
किन भने एसोसियट राष्ट्रको सबैभन्दा पहिलो नम्बरमा नेदरल्यान्ड थियो । नेपालले विश्वकपको सुरुवाती खेल नेदरल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको हो । नेपाले नेदरल्यान्डलाई पहिलो ब्याटिङ गर्दे १०७ रनको लक्ष्य दिएको थियो । दोस्रो खेलमा नेपाल श्रीलंङकासँग खेल्न तालिका थियो उक्त खेल वर्षातका कारण रद्द भएको थियो । खेल रद्द भए पनि दुवै टोलीले एक एक अङ्क पाएका थिए । तेस्रो खेल नेपालले दक्षिण अफ्रिकासँग खेलको थियो । उक्त खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । पहिलो बलिङ गर्दे नेपाले अफ्रिकालाई ११६ रनमा रोकेको थियो । दक्षिण अफ्रिकाले दिएको सामान्य लक्ष्यमा नेपाल १ रनले पराजित भएको हो ।
नेपाललाई अन्तिम ओभरको दुई बलमा २ रनको आवश्यक थियो तर नेपालले दुवै बल डट गरेको थियो । समूह चरणको अन्तिम खेल नेपाले बङ्गलादेशसँग खेलको थियो । बङ्गलादेशसँग पनि नेपालले पहिलो बलिङ गर्दे १०६ रनमा रोकेको नेपालले २१ रनको अन्तरमा पराजित भएको थियो । नेपालले बङ्गलादेशसँग ८५ रन बनाउँदै अलआउट भएको थियो । समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग हारेको नेपालले विश्वकपको माथिल्लो यात्राबाट बाहिरिएको थियो ।
नेपालको समग्र विश्वकपको प्रदर्शन हेर्दा ब्याटिङमा पुरै निराशाजनक रह्यो भने बलिङ तर्फ उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरण ३ खेलमा नेपालको ब्याटिङ पुरै निराशाजनक मात्र रहेको थियो । भने बलिङतर्फ विश्वलाई चकित बनाएको थियो । जारी टी-२० विश्वकप प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाली खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाली खेलाडीको प्रदर्शन मिश्रित देखिएको छ । केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ । पछिल्लो वरीयतामा दीपेन्द्रसिंह ऐरीको निकै राम्रो सुधार भएको छ । उनले बलिङ र अल राउन्डर दुवैतर्फ सुधार गरेका छन् ।
आइसिसीले जारी गरेको नयाँ वरीयताअनुसार अल राउन्डरततर्फ कुशल भुर्तेलले सबैभन्दा ठुलो छलाङ मारेका छन् । पहिलो पटक टप सयभित्र परेका उनी ४३ औँ स्थानको सुधार गरी ७० औँ स्थानमा आएका छन् । विश्वकप प्रतियोगितामा उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ४ विकेट लिएका थिए । वरीयतामा यसैको प्रभाव देखिएको हो ।
यस्तै अलराउन्डरतर्फ टप टेनमा अटाएका नेपालका एक मात्र खेलाडी दीपेन्द्रसिंह ऐरीले पनि तीन स्थानको सुधार गर्दै ६ औँ मा स्थान बनाएका छन् । उनले भारतका हार्दिक पाण्डेय, इंग्ल्यान्डका लियम लिंग्वेस्टन र मोइन अलिलाई पछाडि पारेका हुन् । अलराउन्डरतर्फ कप्तान रोहित पौडेल पनि ११ स्थान सुधार गरी ५५ औँ स्थानमा आएका छन् । कुशल मल्ल १ स्थान खस्किएर ३६ औँ, करण केसी ६ स्थान खस्किएर ७५ औँ र गुल्सन झा पनि ६ स्थान खस्किएर ६८ औँ स्थानमा झरेका छन् । ब्याटिङतर्फ ओपनर आसिफ शेखले लामो छलाङ हानेका छन् । २० स्थानको सुधार गरी उनी ६९ औँ स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरीको पनि ब्याटिङतर्फ वरीयतामा सुधार भएको छ । उनी पाँच स्थान सुधार गरी ४५ औँ नम्बरमा आएका छन् । कप्तान रोहित भने ६ स्थान खस्किएर ६१ औँ स्थानमा पुगेका छन् । बलिङतर्फ टप सयभित्र नेपालका दुई जना मात्र बलर छन् । सोमपाल कामी ८ स्थान सुधार गरी ९१ औँ स्थानमा आएका छन् । दीपेन्द्रसिंह ऐरी पहिलो पटक बलिङतर्फ टप सयभित्र परेका छन् । उनी २७ स्थानको सुधार गरी ९६ औँ नम्बरमा आएका हुन् ।
दश वर्षपछि नेपालले विश्वकपमा गरेको सहभागीबाट सिक्नेभन्दा पनि अब विश्वकपमा देखिएका कमजोरी सुधार्नु पर्ने हुन्छ । नेपाली टोलीले विश्वकपभन्दा पहिला पनि अभ्यास होस सिक्नका लागि होस धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । त्यसैले नेपाली क्रिकेट टिमले अब आउने खेलहरूमा विश्वकपमा ब्याटिङतर्फ देखिएको निराशाजनक प्रदर्शनलाई उत्साह जनक प्रदर्शनमा परिणत गर्नुपर्ने देखिन्छ ।