images

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता जसरी पनि तिर्न कुलमानको ताकेता

काठमाडौं ।  डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकमको विषयलाई लिएर शुक्रबारको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङबिच घम्साघम्सी नै चल्यो । उद्योगहरुले तिर्न बाँकी वक्यौता रकम जसरी पनि असुली गर्ने अडानबाट कुलमान टसमस नै भएनन् । यता, उद्योगी व्यवसायीहरुले भने प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकाएर दुःख दिने काम गरेको गुनासो गरेका छन् ।

उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन वक्यौता रकमको प्रमाण बिना विद्युत प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरे । प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदा हुँदै पनि लुकाइएको उनीहरुको आरोप छ । रिलायन्स स्पिनिङ मिल्सका प्रतिनिधि महेश पोखरेलले प्राधिकरणले उद्योगमा हचुवाको भरमा बिल पठाएको गुनासो गरे ।

यता, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ भने जसरी पनि डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगबाट बक्यौता महसुल गर्ने सुरमा देखिन्छन् ।

यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली साउन ८ गते मंगलबार जोडेको थियो । उद्योगहरूलाई बक्यौता रकम बुझाउन प्राधिकरणले तीन महिनाको समय दिएको छ ।