images

तयारी नपुगेपछि माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ।

अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिनुभयो।

स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिनुभयो ।

बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने भनिएको छ।

यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ ।