images

तस्करी र राजश्व चुहावट नियन्त्रणमा निर्मम बन्छौँ: गृहमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम भएर लागेको बताएका छन् ।
शनिवार इलाममा आयोजित अन्तरक्रिया कार्यक्रममा लामिछानेले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरे । आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय भएको उनको भनाइ छ । उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको पनि बताए । इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै उनले यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता रहेको बताए ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै सुधारको प्रयास भइरहेको बताए । खेलको बारेमा जानकारी नै नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति गरेको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताएका छन् ।