images
images

दराजको वर्षकै सबैभन्दा ठूलो सेल ११.११ सुरु, १ रुपैँयामा स्कुटरदेखि यी सामान पाइने

काठमाडौं । दक्षिण एसियाकै प्रतिष्ठित ई–कमर्स प्लेटफर्म, दराज नेपालले वर्षकै सर्वाधिक ठूलो क्याम्पियनका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर” सुरु भएको छ ।

“फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएको हो । सेल मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्ने दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुवँरले जानकारी दिएकी छन् । स्पेस फोरके टेलिभिजनसँग कुराकानी गर्दै प्रबन्ध निर्देशक कुवँरले करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्ने बताएकी छन् ।

यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिएका छन् । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट गरिएको छ । ग्राहकहरूलाई मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय १÷११÷१११÷ १,१११÷ ११,१११ रुपैयाँ डिलहरु प्रदान गरिएको छ । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिने अवसर छ । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध छ ।

मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिएको दराज नेपालकी प्रबन्ध निर्देशक कुवँरले जानकारी दिईन् । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।

नोभेम्बर १० को राति ८ बजेदेखि सुरु भएको सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिने छ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् ।

त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनु हुनेछ । यस वर्षको मेगा डिलमा सेटाफिल, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् ।

दराजको लक्ष्य ई–कमर्सलाई सबैका लागि पहुँचयोग्य बनाउनु र स्थानीय समुदायलाई उत्कृष्ट मूल्य र विविधता प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार्न मदत गर्नु रहेको जनाएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज सधैं वाणिज्य शक्तिको माध्यमबाट समुदायहरूको उत्थान गर्न प्रतिबद्ध रहेको बताएकी छन् । ११ः११ योजनाले विक्रेताहरूलाई बिक्री बढाउन साथै उपभोक्ताका लागि अनलाइन किनमेललाई थप पहुँचयोग्य बनाउने दराज नेपालको विश्वास छ ।