images

दिगो विकास लक्ष्य हासल गर्न नेपाल प्रतिबद्ध छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताएका हुन् । आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुने उनको दाबी छ ।

कार्यक्रममा संयुक्त, राष्ट्रिय संघ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । प्रतिवेदनको निस्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने उनको भनाइ छ ।