images

दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला

मकवानपुर–मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । दुई जनालाई घाइते बनाएको चितुवा भने मृत फेला परेको छ ।
थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ ।

ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममाचितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेसंगै घाइते भएको थियो ।

सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ । डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।