images
images

दुर्गा प्रसाईंलाई निष्कासन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले दुर्गा प्रसाईंलाई निष्कासन गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

पछिल्लो समय उनी नागरिक बचाउ अभियानमा लागेका थिए।