
काठमाडौं । जिल्ला अदालत काठमाडौंले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
यसअघि मंसिर ५ गते प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो। त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो।
५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईंलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप भएको हो।