images
images

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ४ हजार २ मिटर गहिरो खन्ने काम सकियो

काठमाण्डौ । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङु अर्थात् गहिरो खोतल्ने काम सकिएको छ । गएको वैशाख २८ गतेदेखि शुरू गरेको ड्रिलिङु अन्तर्गत चार हजार दुई मिटर गहिरो खन्ने काम सकिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जानकारी दिए।

विज्ञले प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका छन् । ढुङ्गा र माटो परीक्षणपछि त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी तीन वटा थप अध्ययन हुनेछ । प्राकृतिक ग्यास हुनका लागि तय गरिएका मापदण्ड पूरा हुने सङ्केत प्राप्त भइरहेका लुइँटेलले बताए । चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै गर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजामा भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताए ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।