
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए।
कार्कीलाई आन्दोलनरत जेन्जी समूहले सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा अघि सारेको हो।
त्यसयता राष्ट्रपति र प्रधान सेनापतिले विभिन्न चरणमा छलफल गरेका थिए।