images

नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा शनिबार काठमाडौंको थापाथलीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग खुशीयाली साटासाट गर्न पुगेका मन्त्री लामिछनेले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान गर्ने प्रतिबद्धता जनाए । कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने उनको भनाइ छ । काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गरिएको भन्दै उनले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको बताए ।

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको पनि बताएका छन् ।