images

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानले लिए निवेदन नै फिर्ता

काठमाडौं  । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो निवेदन फिर्ता लिएका छन् ।

उनको नियुक्तिको विषयलाई संघीय संसदको सुनुवाई समितिको बैठकमा महिलालाई यौन शोषण गरेको आरोप लागेका कारण उनले सफाई पाउने र आयुक्तमा सिफारिस नहुने देखिएसँगै उनले निवेदन नै फिर्ता लिएका हुन् ।

उनको नियुक्तिबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक ११ बजेका लागि बोलाइएकोमा साँझ ५ बजेका लागि सारिएको संसद सचिवालयले जानकारी दिएको छ । तर उनले निवेदन फिर्ता लिएसँगै बैठक बस्ने नबस्ने भन्ने पनि अन्यौल नै छ ।

यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो । प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको छ ।