images

नेपाली कांग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१/१/२ गते बिहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन बिहान ८ः०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा उल्लेख छ ।