images

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक ई.उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

थानीले बुधबारदेखि लागु हुनेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । थानीले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएकाे उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।

थानीले निगममा एक वर्ष नौ महिना काम गरेका छन् । उनले आफ्नो पदावधी बाँकी हुँदै राजीनामा दिएपछि उनीमाथि आशंकाको दृष्टिले हेरिएको छ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष भइसकेका छन।