images

नेपाल काभा यु–२० पुरुष भलिबलको फाइनलमा प्रवेश, तुर्कमिनेस्तान पराजित

काठमाडौं । नेपाल श्रीलङ्काको कोलम्बोमा जारी काभा यु–२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार तुर्कमिनेस्तानलाई ३–० सेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५–१४, २५–२१, २५–२० ले हरायो ।
नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अङ्क जोडेर शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिएका छन् ।
नेपालले अब फाइनलमा शनिवार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
काभा यु–२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भइरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो ।