images

पहिरोले मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । मंगलबार साँझ करिब ५ बजे तुइनखोला पुल नजिकै ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सडक तत्काल खुल्ने सम्भावना न्यून देखिएकाले चितवन जिल्ला प्रशासन कार्यालयले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक गरेको सूचनामा बर्दिवास (महोत्तरी), हेटौँडा (मकवानपुर), बुटवल (रुपन्देही), कावासोती र गैँडाकोट (नवलपरासी बर्दघाट सुस्तापूर्व), नौबिसे (धादिङ) तथा खैरेनीटार (तनहुँ) हुँदै यात्रा गर्न सकिने उल्लेख छ ।

‘जोखिम मोलेर यात्रा नगर्नुहोस् । ज्यान सुरक्षित राखौँ, यात्रा पछि गरौँ । बाटो खुल्ने आशामा बस्दा आफैंलाई हैरानी पर्न सक्छ,’ सूचनामा भनिएको छ, ‘हालका लागि यो बाध्यात्मक विकल्प हो । सडक खोल्ने प्रयास भइरहेका छन् । बाटो सञ्चालनयोग्य भएपछि फेरि जानकारी दिइनेछ ।’ सूचनामा भनिएको छ ।